बुधबार, जेष्ठ २१, २०७७
    आर्थिक खबर

    बढ्दो महंगी : ज्याला वृद्विको माग, कृषि अनुसन्धान केन्द्रका मजदुर आन्दोलनमा उत्रिए

    केन्द्रमा झण्डै १५० भन्दा बढी मजदुर दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएका छन्

    बुधबार, ७ कार्तिक २०७५, आहाखबर

    खजुरा, बाँके, ७ कात्तिक :

    ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ९नार्क०मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् । 

    सरकारले तोकेको न्यूनतम तलब ९पारिश्रमिक० नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भए बमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । मजदुर भरत नेपालीले अहिले दैनिक काम गरेबापत रु ३७५ मात्र पाउँदै आएको बताए । 

    राजपत्रमा दैनिक ज्याला न्यूनतम रु ५१७ उल्लेख छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक डा। दिनेश यादवका अनुसार मजदुरको माग माथिल्लो तहमा पठाइएको छ । सो केन्द्रमा झण्डै १५० भन्दा बढी मजदुर दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast