मंगलवार, जेष्ठ १३, २०७७
    आर्थिक खबर

    मेलसिया जाने योजना बनाएका नेपालीलाई खुशीको खबर, कात्तिक १२ गतेबाट मलेसिया जान पैसा नलाग्ने

    मलेसियासँग सरकारी स्तरमा हुने श्रम सम्झौताअनुसार अब नेपाली कामदारले मेलसिया जाँदा लाग्ने कुनै पनि शुल्क तिर्नुपर्ने छैन

    आईतवार, २८ असोज २०७५, आहाखबर

    काठमाडौँ, २८ असोज

    अन्ततः मलेसियासँग श्रम सम्झौता हुने भएको छ । सम्झौताका बुँदा सहमति जुटे पनि सम्झौतामा हस्ताक्षर हुन बाँकी रहेका बेला मलेसियाका मानव संशाधन मन्त्री नेपाल आएर सम्झौतामा हस्ताक्षर गर्ने भएका हुन्   ।

    मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन  यही कात्तिक १२ गते काठमाडौं आउन लागेको श्रममन्त्री गोकर्ण विस्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । उनले मलेसियालीमन्त्रीको नेपाल भ्रमणका अवसरमा नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने पुष्टि गरे । 

    गत जेठबाट रोकिएको मलेसिया रोजगार खुलाउने तथा श्रम सम्झौता गर्ने विषयमा छलफल गर्न यसअघि नेपाली प्रतिनिधि मण्डल मलेसिया पुगेको थियो । सो प्रतिनिधि मण्डलले सम्झौताका बुँदा सहमति जुटाएपछि सम्झौता हुने निश्चित भएको थियो । 

    मलेसियासँग सरकारी स्तरमा हुने श्रम सम्झौताअनुसार अब नेपाली कामदारले मेलसिया जाँदा लाग्ने कुनै पनि शुल्क तिर्नुपर्ने छैन । मलेसियास्थित रोजगारदाताले नेपाली कामदारको सम्पूर्ण प्रक्रियागत खर्च र हवाई टिकट बेहोर्ने सम्झौताको बुँदामा समावेस छ ।

    दुई मुलुकबीच सम्झौता भएपछि सम्भवत कात्तिकको दोस्रो हप्ताबाट नेपाल सरकारले मलेसियाका लागि श्रम स्वीकृति खुला गर्नेछ । 

    दुई सरकारबीच हुन लागेको सम्झौताले मलेसिया जाने नेपाली कामदारका लागि खुसीको कुरा भए पनि त्यसको कार्यान्वयनमा भने अँझै समस्या छ । नेपालस्थित मेनपावर कम्पनीले यो सम्झौताअनुसार काम गर्छन्की गर्दैनन् भन्ने यकिन भएको छैन ।

    वैदेशिक रोजगार व्यवसायी संघले यसअघि नै यो सम्झौताको विरोध गरिसकेको छ । यो विषयमा सरकारले मेनपावर व्यवसायीसँग वार्ता गरेको छैन । 

    मलेसियासँग हुन लागेको श्रम सम्झौता सरकारी स्तरको भए पनि दक्षिण कोरियासँग भएको जस्तो गभरमेन्ट टू गभरमेन्ट (जीटूजी) मोडलको सम्झौता होइन ।

    त्यसैले यो सम्झौता कार्यावयनका लागि नेपाली मेनपावर व्यवसायीको भूमिका पनि महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन् । 

    अब हुन लोको सम्झौताअनुसार मेन पावर व्यवसायीले मलेसियामा नेपाली कामदारले पाउने पहिलो महिनाको आधा तलबमात्र सेवा शुल्कका रुपमा पाउने बुँदा समावेश गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast