सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    पर्यटनको राम्रो सम्भावना बोकेको कोइलावासको रामजानकी मन्दिर ओझेलमा

    सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि हाल पर्यटक न्यून

    शुक्रबार, २६ असोज २०७५, आहाखबर

    दाङ, २६ असोज

    पर्यटनको राम्रो सम्भावना बोकेको दाङको धार्मिक सम्पदा रामजानकी मन्दिर ओझेलमा परेको छ । करीब आठ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने गढवा गाउँपालिका–८मा रहेको रामजानकी मन्दिर नेपालको जनकपुरपछिको दोस्रो स्थानमा पर्ने बताइन्छ । 

    मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहुँदा ओझेल परेको कोइलावासवासीले बताएका छन् । सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि हाल पर्यटक न्यून रहेको हुन थालेको छ । 

    मन्दिरमा पहिले दैनिक एक सय बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल पर्यटक शून्यप्राय रहेको स्थानीय फरिद सिद्धिकीले बताए । 
    मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टीमा कृष्णलीला सात दिनसम्म धुमधामका साथ मनाउने गरिन्थ्यो भने रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानल तथा भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउँथे । 
    मन्दिरमा हाल नान्हकप्रसाद शुक्लाले दैनिक पूजापाठ र संरक्षण गर्छन् । कुनै बेला नेपालको मुख्य नाकाका रूपमा रहेको कोइलावासमा दैनिक पाँच सयदेखि ७५० मानिस त्यहाँ टाढाटाढाबाट नुन, तेल किन्नका लागि जाने गर्दथे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast