सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    राष्ट्रपति निवासमा घटस्थापना, कार्यालयमा कार्यरत कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान

    राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्नुहुने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्नुहुने

    बिहिवार, २५ असोज २०७५, आहाखबर

    काठमाडौँ, २५ असोज  :

    राष्ट्रपति विद्यादेवी भण्डारीले  विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गर्नुभएको छ । पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिए । 

    यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो । 

    यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्नुहुने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्नुहुने भएको छ । विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उहाँले राष्ट्रपति कार्यालयमा पाल्नुहुने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast