मंगलवार, जेष्ठ १३, २०७७
    आर्थिक खबर

    भारतमा इन्धनको मूल्य लगातार वृद्धि, थाहापाउनुहोस् पेट्रोल र डिजेलको मूल्य !

    पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ

    सोमबार, २२ असोज २०७५, आहाखबर
    फाइल तस्वीर

    नयाँदिल्ली, २२ असोज 

    भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । 

    नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ । 

    मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ । 

    सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast