बुधबार, जेष्ठ २१, २०७७
    आर्थिक खबर

    भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै सिलिण्डर ग्यासको मूल्य घट्यो

    असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ

    शुक्रबार, १९ असोज २०७५, आहाखबर

    भोजपुर, १९ असोज 

    भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । 

    छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ । 

    व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast