शुक्रबार, कार्तिक २९, २०७६
    बैंक-बीमा

    हिन्दु नेपालीहरुको प्रमुख चाड दशैंका लागि असोज ३० देखि कात्तिक ३ सम्म बैंक बन्द हुने

    निजी बैंकहरुले भने ग्राहकको सुविधाका लागि आबस्यकता अनुसार विदाको दिनमा पनि काउण्टर सेवा सञ्चालन गर्ने तयारी

    बिहिवार, १८ असोज २०७५, आहाखबर

    काठमाडौं, १८ असोज

    हिन्दु नेपालीहरुको प्रमुख चाड दशैंको अबसरमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपाती देखि कातिक ३ गते एकादशीसम्म बैंक बिदा हुनेछ ।

    तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ । निजी बैंकहरुले भने ग्राहकको सुविधाका लागि आबस्यकता अनुसार विदाको दिनमा पनि काउण्टर सेवा सञ्चालन गर्ने तयारी गरेका छन् ।

    सरकारले सार्वजनिक बिदा कटौती गरेपछि दशैंको घटस्थापना र कोजाग्रत पूर्णिमामा हुने गरेको बिदा राष्ट्र बैंकले कटौती गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast