सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकामा आयोजित रात्रिभोजमा सहभागी

    कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुबाट नेपाली गीत तथा नृत्य प्रस्तुत

    सोमबार, १५ असोज २०७५, –प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली .
    फाइल फोटो

    सान होजे, १५ असोज :

    प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । 

    कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको थियो । 

    प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast