सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    माधव नेपाललाई प्रमको कटाक्ष - म नहुदा कसैलाई अलिकति शुन्यता र छटपटी भो ! [भिडीयो]

    प्रधानमन्त्री भन्छन् - असन्तुष्टिका लागि असन्तुष्टि हो, फलानो गुटको फलानो प्रतिनिधि हैन, योग्यता, क्षमता र आवश्यकता अनुसार हुन्छ

    शनिबार, १३ असोज २०७५, आहाखबर

    काठमाडौं, १३ असोज  

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध आक्रामक रुपमा उत्रेका वरिष्ठ नेता माधव कुमार नेपालले दिएको अभिव्यक्तिको ओली पक्षले खुलेर विरोध गरेको छ । 

    प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता नेपालले स्थायी समितिको बैठक बोलाएपछि पार्टी भित्र विवाद बढेको छ । सरकारको कार्यशैलीप्रती नेपाल समुहले चर्को आलोचना गरेपछि ओली समुह त्यसको प्रतिवादमा उत्रेको छ । प्रधानमन्त्री ओली निकट दुई जना नेताहरु विष्णु रिमाल र राजन भट्टराईले नेपाल समुहले सुरु गरेको गुटवन्दीको सामाजिक संजालमा विरोध गरेका हुन् ।

    प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेता नेपालले ‘आफ्नै पतनको सुरुवात गरेको’ भन्दै कटाक्ष गरेका छन् । रिमालले शुक्रबार बेलुका ट्वीटरमा लेखेका छन्, ‘मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ ।’

    त्यस्तै ओलीका विश्वासपात्र मानिने नेकपाका केन्द्रिय सदस्य डाक्टर राजन भट्टराईले पनि नेपाल पक्षको गतिविधिलाई सरकारको विकल्प खोज्ने प्रयत्नका रुपमा ब्याख्या गरेका छन् । भट्टराईले शनिवार विहानै ट्वीटमा लेखेका छन्, ‘सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहे जति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?’


    प्रधानमन्त्री ओलीसँग अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका सूर्य थापासँगको कुराकानी !

    माधव नेपालले देश डुब्न लाग्यो भनेर गरेको भाषणप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- ‘म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो ।’

    बरिष्ठ नेता माधव नेपालले प्रदेश कमिटी सम्बन्धी सचिवालयको निर्णयप्रति जनाएको असन्तुष्टिलाई प्रधानमन्त्री ओलीले ‘असन्तुष्टिका लागि असन्तुष्टि’ मात्र भएको बताएका छन् । नेता नेपालले पार्टीमा दर्ज गरेको असन्तुष्टिबारे प्रधानमन्त्रीले भने-  ‘असन्तुष्टिका लागि असन्तुष्टि हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फलानो प्रतिनिधि हैन, योग्यता, क्षमता र आवश्यकता अनुसार हुन्छ ।’

    प्रश्न - राष्ट्र संघको बैठकमा भाग लिइरहँदा अन्य देशकाहरुको नेपालप्रतिको धारणा कस्तो पाउनुभयो ?

    प्रम - नेपालमा अहिले परिवर्तन आएको छ । हामी संघीय गणतान्त्रिक लोकतन्त्रमा छौं । जनताले आफैंले बनाएको संविधान र त्यस अनुसारका संरचनाहरु निर्माण भइसकेर, त्यसको कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण भइसकेर निर्वाचनबाट निर्वाचित लामो समयपछि स्थिर सरकार बनिसकेको अवस्था छ । 

    अब सार्वभौम सत्तालाई कसरी अगाडि बढाउने भन्ने संरचनागत पक्षका सम्बन्धमा संघका तीनवटा तहहरु व्यवस्थित भइसकेका छन् । तीनै तहका निर्वाचन भइसकेका छन् र सबै तहका सरकारहरु राम्ररी चलेका छन् । यस्तो अवस्थालाई अब र राजनीतिक अधिकार प्राप्तिको संघर्षबाट अगाडि बढेर सुशासन र विकासको माध्यमबाट समृद्धि हासिल गर्ने र समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य साकार पार्ने अभियानमा जुटेका छौं ।

    संक्रमकाल टुंगिएको यो पक्ष छ । हामी हिंसाका क्रमबाट पनि गुजि्रयौं, त्यसको व्यवस्थापन भइसकेको छ । र, शान्ति प्रक्रिया मूलतः सफल भएको छ ।

    यस अवस्थालाई दुनियाँले अत्यन्तै सकारात्मक ढंगले हेरेको मैले पाएँ । सबै अत्यन्त खुशी छन् । समर्थन गरेका छन् र सहयोगी हातहरु बढाएका छन् । सबैले नेपालमा रहेको परिवर्तन राष्ट्रपति ट्रम्पदेखि बेलायतकी प्रधानमन्त्री, इजरायलका राष्ट्रपति, क्यानडाका प्रधानमन्त्री लगायत मैले थुप्रै नेताहरुसँग भेटघाट गरें । सबैको अत्यन्तै सकारात्मक दृष्टिकोण रह्यो । मैले संयुक्त राष्ट्र संघका महासचिवसँग भेटघाट गरें । सबैसँग अत्यन्तै राम्रो कुरा भो र उहाँहरु अत्यन्तै उत्साहित हुनुहुन्छ र नेपालको शान्ति प्रक्रियालाई, नेपालको रुपान्तरण र संक्रमणकाललाई सफलतापूर्वक टुंग्याएको पक्षलाई सबैले एउटा उदाहरणीयरुपमा लिनुभएको छ र सहकार्य र सहयोगका लागि सबै तत्पर हुनुहुन्छ ।

    प्रश्न - कञ्चनपुरको घटनालाई हजुले कसरी हेरिरहनुभएको छ ?

    प्रम - सरकार ठ्याक्कै सफल भयो भन्न त म भन्दिनँ । किनभने सरकारले पत्ता लगाउन सकेको छैन । कोशिस गरिराखेको छ । तर, कहिले कहिले यस्ता घटनाहरु पत्ता लगाउन अलि समय लाग्छ । 

    जहाँसम्म घटनाको कुरा हो, घटना अत्यन्त दुःख हो । चिन्ताजनक यसकारण छ कि यति नैतिक मूल्यमा नेपालजस्तो देश, नेपाली हुँ भन्नेहरु यति तल गिर्नु भनेको दुःख कुरा हो । यसलाई उठाउनुपर्छ ।

    त्यसलाई विषय बनाएर यही सरकारले नै यो अपराध गराएको हो जस्तो गर्न खोज्ने भनेको त विषयविहीनताको, विषयको दरिद्रताको र संस्कार दरिद्रताको स्थिति हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast