बिहिवार, असोज २, २०७६
    ओएमजी Omg!

    ला..., झगडा पछि श्रीमानले गरे चुम्बन, श्रीमतीले टोकिदिँदा आधा जिब्रो चैट !

    स्थानीयका अनुसार २२ वर्षे महिलालाई आफ्नो श्रीमानको रुप चित्त नबुझेका कारण उनी खुसी थिइनन्

    सोमबार, ८ असोज २०७५, आहाखबर

    एजेन्सी, ८  असोज 

    आठ महिनाकी गर्भवती श्रीमतीले टोकिदिँदा भारतका २२ वर्षे एक व्यक्तिले आफ्नो लगभग आधा जिब्रो गुमाएका छन् । यसबारे पुलिसले आइतबार जानकारी दिएको छ ।

    स्थानीयका अनुसार २२ वर्षे महिलालाई आफ्नो श्रीमानको रुप चित्त नबुझेका कारण उनी खुसी थिइनन् ।

    घटना दिल्लीको रानहोलमा शनिबार राती भएको पुलिसले बताएको छ ।

    पुलिसले पनि स्ट्रिट आर्टिस्ट ती व्यक्तिको आफ्नी श्रीमतीसँग कुरा नमिल्ने भएकाले बारम्बार झगडा भइरहने जानकारी दिएको छ ।

    पुलिसका अनुसार शनिबार राती पनि यी दुईको झगडा भएको थियो र पछि कुरा मिलेपछि चुम्बन गर्दा श्रीमतीले लगभग आधा जिब्रो नै टोकिदिइन् ।

    यसबारे पीडितका बुवाले पुलिसलाई जानकारी दिएका हुन् ।

    ती महिलालाई पक्राउ गरिएको छ । यसका लागि उनलाई जन्मकैद हुनसक्ने पुलिसले बताएको छ ।

    यी दुईको सन् २०१६ नोभेम्बर २० मा विवाह भएको थियो ।

    ती व्यक्तिको सफ्दारजंग हस्पिटलमा उपचार भइरहेको र उनले अब बोल्न सक्छन् कि सक्दैनन् भन्ने बारे अहिले नै भन्न नसिकिने डाक्टरले बताएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast