शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    बाराको परवानीपुरमा मकालु केमिकल्समा आगलागी, ५ करोड क्षति भएको प्रारम्भिक अनुमान

    श्वकर्मा पूजाका कारण कार्यालय बन्द भएकाले विस्तृत वितरण प्राप्त हुन नसकेको प्रहरी प्रमुखद्वारा जानकारी

    सोमबार, १ असोज २०७५, आहाखबर

    काठमाडौं, १ असोज 

    बारा जिल्लाको परवानीपुरस्थित मकालु केमिकल्सको स्टोरमा आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार केमिकल्सको स्टोरमा आगलागी भएको हो । विश्वकर्मा पूजाका कारण कार्यालय बन्द भएकाले विस्तृत वितरण प्राप्त हुन नसकेको प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

    आगलागीबाट अन्दाजी पाँच करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले बताए ।

    विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताइन् ।

    परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा  दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast