मंगलवार, जेष्ठ १३, २०७७
    आर्थिक खबर

    नजिकँदै गरेका चाडबाडलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुल्ने

    झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए

    शुक्रबार, २९ भाद्र २०७५, आहाखबर

    झापा, २९ भदौ

    नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् । 

    विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल÷व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए । 

    नगरका उद्योग वाणिज्य सङ्घले सूचना जारी गरेर छठ पर्व पछि अर्थात कात्तिक २८ गतेसम्मको अवधिसम्म बजार सातै बार खुला गर्न अनुरोध गरेपछि बजार खुला हुने भएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast