बुधबार, जेष्ठ २१, २०७७
    आर्थिक खबर

    आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरियो

    एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले रु एक अर्ब ४७ करोड ९२ लाख २० हजार राजश्व सङ्कलन गरेको छ

    आईतवार, २४ भाद्र २०७५, आहाखबर

    कञ्चनपुर, २४ भदौ

    आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलनका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । 

    आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए। 

    रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले रु एक अर्ब ४७ करोड ९२ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । आयकरतर्फ रु ५७ करोड १० लाख २० हजार, बहाल करतर्फ रु चार करोड ५० लाख एक हजार, व्याजतर्फ रु दुई करोड २८ लाख ३४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु ४३ करोड ४६ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले अन्तःशुल्कतर्फ रु ३९ करोड ८६ लाख ४८ हजार, स्वास्थ्य सेवातर्फ रु आठ लाख २५ हजार र शिक्षातर्फ रु ६२ लाख ६२ हजार राजश्व सङ्कलन गरेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरअन्तर्गत करदाताको सङ्ख्या ४१ हजार ४७९ रहेको छ । 

    “निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परीक्षण तथा अन्तर निकायसँगको सम्बन्ध विस्तारले यहाँसम्म आइपुगेका हौँै,” अधिकृत शर्माले भने । गैरनेपाली व्यवसायीले राजश्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोग लिइ कारबाही गरिएको उनले बताए । दायरामा नआएका ठूलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याइने उनको भनाइ छ । कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा गर्ने भएको छ । पुस मसान्तसम्म स्थायी लेखा नं लिई आव २०७१÷७२ देखि आव २०७३÷७४ सम्मको आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनाहा गर्ने व्यवस्था छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast