आईतवार, असोज ५, २०७६
    शेयर बजार

    शेयर बजारमा सकारात्मक संकेत, नेप्से ९ अङ्कले उकालो लागेर १ हजार १ सय ८१ अंकमा आइपुग्यो

    कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री

    बिहिवार, १४ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, १४ भदौ

    निरन्तर ओरालो लाग्दै आएको शेयर बजार बिहिबार भने ९.३९ अंकले बढेको छ । 

    नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा पुगेको छ । 

    कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । आज होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । होटल २.३१ बिन्दुले घट्दा बैंकिङ ९.११, विकास बैंक ७.९१, जलविद्युत् ५.३१, वित्त १.३२, निर्जीवन बीमा ६२.४६, उत्पादन ८.२६, अन्य ६.२७, माइक्रोफाइनान्स १४.०३ र जीवनबीमा २६.२१ बिन्दुले बढेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast