सोमबार, कार्तिक ४, २०७६
    शेयर बजार

    शेयर बजारमा सामान्य सुधार, नेप्से १ अंकले बढेर १ हजार १ सय ७७ अंकमा आइपुग्यो

    मंगलबार कूल १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता शेयर रु १९ करोड पाँच लाख १३ हजार ९९६ मूल्यमा खरीद–बिक्री भएको छ

    मंगलवार, १२ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, १२ भदौ

    लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार भने सामान्य सुधार भएको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २४८.६१ बिन्दुमा पुगेको छ । मंगलबार कूल १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता शेयर रु १९ करोड पाँच लाख १३ हजार ९९६ मूल्यमा खरीद–बिक्री भएको छ । 

    स्टकका अनुसार तीन उपसमूहको शेयर भने घटेका छन् भने अरू उपसमूहका शेयर भने बढेका छन् । जलविद्युत् ३.०४, अन्य ०.८ र जीवन बीमा समूहको ३१.०३ बिन्दुले घटेको छ । यस्तै बैङ्किङ १.८९, होटल १२.२४, विकास बैङ्क ८.६७, वित्त १.४२, निर्जीवन बीमा ५.९४, उत्पादन १२.२६ र माइक्रोफाइनान्स २.९२ बिन्दुले बढेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast