आईतवार, असोज ५, २०७६
    शेयर बजार

    फेरी घट्यो शेयर बजार, नेप्से ३ अंकले घटेर १ हजार १ सय ७५ अंकमा आइपुग्यो

    कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री

    आईतवार, १० भाद्र २०७५, आहाखबर

    काठमाडौँ, १० भदौ

    निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् । 

    उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ । 

    स्टककाअनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौँका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् । 

    यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast