शुक्रबार, कार्तिक २९, २०७६
    खेल संसार

    एशियाली खेलकूद प्रतियोगिता

    पुरुष भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीद्वारा नयाँ राष्ट्रिय कीर्तिमान !

    त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्

    बुधबार, ६ भाद्र २०७५, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, ६ भदौ 

    इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

    त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । 

    यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । योसँगै अधिकारीको नाममा तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यसअघि मङ्गलबार सम्पन्न महिलाको ५३ केजीमा सञ्जु चौधरीले पनि तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । 

    समूह ‘बी’ मा रहेको अधिकारी छैटौँ स्थानमा रहे । बिहीबार विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यही भदौ १० गते तारादेवी पुनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast