आईतवार, असोज ५, २०७६
    शेयर बजार

    ओरालो यात्रामा शेयर बजार, नेप्से ४ अंकले घटेर १ हजार १ सय ८३ अंकमा आइपुग्यो

    मंगलबार कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ

    मंगलवार, ५ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, ५ भदौ 

    तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबार पनि घटेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१८ बिन्दुले घटेर एक हजार १८३.८९ बिन्दुमा पुगेको हो । 

    यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । मंगलबार कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ । 

    स्टकका अनुसार मंगलबार चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.९५, जलविद्युत् ०.५६, निर्जीवन बीमा ४.४७ र अन्य समूह १.४१ बिन्दुले बढेको छ । 

    यस्तै बैकिङ ५.४१, होटल ८.७६, विकास बैङ्क ३.१८, वित्त २.९४, उत्पादन २२.८५, माइक्रो फाइनान्स १०.३३ र जीवन बीमा ०.५१ विन्दुले घटेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast