बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    टाटा मोटर्स कार मेला सिजन ६ सम्पन्न, ३ हजार बढीले अवलोकन गरे

    मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरे, ९८ जनाद्वारा नयाँ कार बुकिङ

    सोमबार, ४ भाद्र २०७५, आहाखबर

    काठमाडौं, भदौ ४ ।

    टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बार्षिकरुपमा आयोजना गर्दै आएको टाटा मोटर्स कार मेला को सिजन ६ सफलताका साथ आइतबार सम्पन्न भएको छ्र । ३ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको सो मेलामार्फत ९८  जनाले नयाँ कार बुकिङ गरेको कम्पनीले जनाएको छ । 

    आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए । जसमध्ये ४ सय ५० भन्दा बढीले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मुल्यांकन गराएका थिए । 


    कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्सचेञ्ज सुबिधा, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु रहेका थिए ।

    पूर्व घोषणा गरिए अनुसार टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठले होलिडे प्याकेज पाए । त्यस्तै, गाडी बुक  गरेर भुवन केसी र टिका दत्त पाण्डे ले २ वर्षको लागि फ्री सर्विसिङको कुपन पाए । त्यसैगरी अन्य थुप्रै दर्शकले पनि विभिन्न प्रकारका पुरस्कार पाएका थिए । 

    बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको यस कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast