सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    एसियाली खेलकूद : पुरुष फुटबलमा नेपाल समूहचरणबाटै बाहिरियो, पाकिस्तानसँग २–१ गोलले पराजित

    पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खाएपछि खेलमा फर्कन सकेन

    आईतवार, ३ भाद्र २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ३ भदौ :

    अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । 

    समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । 

    नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो । 

    योसँगै नेपालले समूहका सबै खेल गुमायो । पहिलो खेलमा नेपाल साउन २९ गते जापानसँग १–० ले पराजित भएको थियो भने साउन ३१ गते भियतनामसँग २–० गोलले पराजित भएको थियो ।

    पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए ।

    ७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पाकिस्तानले जित्यो । 

    योसँगै नेपालले समूहका सबै खेल गुमायो । पहिलो खेलमा नेपाल साउन २९ गते जापानसँग १–० ले पराजित भएको थियो भने साउन ३१ गते भियतनामसँग २–० गोलले पराजित भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast