आईतवार, असोज ५, २०७६
    शेयर बजार

    शेयर बजारमा गिरावट, नेप्से १४ अंकले ओरालो लागेर १ हजार १ सय ९६ अंकमा आइपुग्यो

    आइतबार कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ

    आईतवार, ३ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, ३ भदौ 

    शेयर बजारमा आइतबार दोहोरो अङ्कले गिरावट भएको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ । आइतबार कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ । 

    कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आइतबार सबै उपसमूहको शेयरमा गिरावट आएको छ । स्टकका अनुसार बैंकिङ ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत् ११.३, फाइनान्स ५.४८, निर्जीवन बीमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बीमा ६४.८६ बिन्दुले घटेको छ । नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast