मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    एशियाली खेलकूद : नेपाल ब्याडमिन्टनको पुरुष टिम क्वार्टर फाइनलमा

    नेपालमा आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जानकारी

    आईतवार, ३ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, ३ भदौ 

    इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । 

    नेपालमा आईतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहेका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । 

    यस्तै महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ । महिला ब्याडमिन्टन टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast