बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    छैटौं सिजन

    टाटा मोटर कार मेलाको आज अन्तिम दिन, नयाँ कार किन्दा सुविधै-सुविधा

    मेलामार्फत ग्राहकले फाइनान्सको सुविधा सहित आफ्नो पुरानो कारसँग नयाँ कार समेत साट्न सक्ने

    आईतवार, ३ भाद्र २०७५, - आहा खबर संवाददाता.
    तस्वीरहरू : आहा खबर डट कम

    काठमाडौं, भदौ ३ ।

    गत शुक्रबारदेखि राजधानीको नक्सालस्थित नक्साल ब्याङ्क्वेटमा चलिरहेको टाटा कार मेलाको आज अन्तिम दिन हो । मेलामार्फत कम्पनीले ग्राहकलाई आकर्षित गर्नका लागि बिभिन्न अफरहरु ल्याएकै कारण कार पारखीहरुको राम्रै भीड लागेको देख्न सकिन्छ । 

    मेलामा टाटाका बिभिन्न कारहरुको प्रदर्शनीका साथै ग्राहकले फाइनान्सको सुविधा सहित आफ्नो पुरानो कारसँग नयाँ कार साट्न सक्नेछन् । मेलाका प्रमुख आकर्षणहरुमा अहिलेसम्मकै उच्च मुल्याङ्कन, फेस पेन्टिङ्, नेल आर्ट, नाच गानका अलावा फोटो शुट, टेष्ट ड्राइभ तथा फूड स्टल लगायत रहेका छन् । 

    यस मेलमार्फत कार बुकिङ्ग गर्ने भाग्यशाली बिजेताका लागि युरोप टुर प्याकेज, थाइल्याण्ड टुर प्याकेज तथा हीराको औंठी लगायतका उपहार राखिएको टाटाको प्यासेञ्जर भेइकल डिपार्टमेण्टका डेपुटी म्यानेजर सृजन नेपालले जानकारी दिए । साथै भाग्यशाली ३ जना ग्राहकले पूर्ण बीमा तथा २ जनाले २ वर्षसम्मको फ्री सर्भिसिङको सेवा प्राप्त गर्न सक्ने पनि उनले बताए । 

    आहा खबरसँग कुरा गर्दै डिपुटी म्यानेजर नेपालले भने, ‘यस्तो मौका फेरी आउला, नआउला । तसर्थ यस छैटौं सिजनको मेलाबाट भरपुर फाइदा उठाउन म ग्राहकहरुलाई अनुरोध गर्दछु ।’ टाटाले आफ्नो नयाँ सियुभी (कम्प्याक्ट युटिलिटी भेइकल) नेक्सन लाई समेत यस मेलामा पहिलोपटक समावेश गरेको छ । बिभिन्न भेरिएन्टमा उपलब्ध यस कार भविष्यमा एएमटी (अटोमेटिक म्यानुअल ट्रान्समिसन) सहित लञ्च गर्ने कम्पनीको लक्ष्य रहेको छ । 


    ३ दिनको मेलामार्फत १०० भन्दा बढी सवारीहरु बुकिङ हुने कम्पनीले अपेक्षा गरेको छ । 

    यस मेलाको प्रायोजकहरुमा शिखर इन्सुरेन्स, रिद्दी सिद्दी ज्वेलरी, लिभिङ एड्भेञ्चर तथा पेप्सी रहेको कम्पनीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast