बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    पासाङ ल्हामु राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध, सयौँ सवारीसाधन बीच बाटोमा थन्किए

    सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेनन्

    शुक्रबार, १ भाद्र २०७५, आहाखबर
    फाइल तस्वीर

    रसुवा, १ भदौ 

    वर्षापछि पासाङ ल्हामु राजमार्गमा शुक्रबार पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

    गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन । आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिए । सडक खुलाउन सयम लाग्ने उनले बताए । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् । 

    सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast