शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न, बिबिध बिषयमा विचारविमर्श

    उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, पर्यटन, मानव संशाधन विकास, ऊर्जा, शिक्षा क्षेत्रमा सहयोग एवम् साझेदारी बढाउने विषय लगायतमा छलफल

    शुक्रबार, १ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, भदौ १ :

    नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ तुल्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गतवर्ष गठन भएको नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक राजधानीमा सम्पन्न भएको छ । 

    परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव एन्ड्रु कलिन्स नेतृत्वको प्रतिनिधिमण्डलबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, पर्यटन, मानव संशाधन विकास, ऊर्जा, सम्पर्क विस्तार,शिक्षा क्षेत्रमा सहयोग एवम् साझेदारी बढाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    बैठकको प्रारम्भ गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाल सरकारका नीति तथा विकास प्रयास र प्राथमिकताबारे जानकारी दिएका थिए  । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast