बिहिवार, जेष्ठ १५, २०७७
    राज्य-समाज

    अहिले लागू हुने कानून पोहोर नै बनेको हो, फरक यत्ति हो अहिले हल्ला चल्यो : प्रधानमन्त्री ओली

    ‘देश र युवापंक्ति अलमलिएको छैन, केही मानिसहरूलाई परेको छ अलमल्याएको हो कि भनेर, हामीले अलमल्याउन खोजेको छौँनौं’

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, ३१ साउन  

    प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अहिले लागू हुने कानून पोहोर नै बनेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ‌ओलीले पोहोर निर्माण गरिएको कानूनमा अहिले धुमधाम हल्ला चलाइएको बताए।

    ‘त्यसमा भ्रम फिजाउने कोशिश भइरहेको छ । उनले अस्पतालमा बिरामीले डाक्टर कुट्ने कानून नबनाइएको दाबी गरे।

    प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट गरे । सरकारले संविधान र कानूनको परिधिभित्र रहेर विकास निर्माण गर्ने, गरीबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने तरिकाले काम गरिहेको बताउँदै आफ्नो स्वार्थका नाममा देशमा बितण्डा मच्चाउने खालका गतिविधि सञ्चालन नगर्न सबैमा आग्रह गरे ।

    ‘कसैले त्यस्तो कानून बनाउँछ?, पास गर्छु!’, ओलीले भने, ‘त्यो भएको छैन। तर भ्रम फिजाउने काम भएको छ। अन्यौलता फिजाउन खोजिएको छ।’

    ओलीले आफ्नो सरकार आफ्नो काममा नअलमलिएको दाबी समेत गरे ।

    ‘हामी विकास निर्माणका तमाम काममा तीव्रताका साथ लागेका छौं। साथै, सामाजिक सुरक्षाको प्रबन्धसहित गरिबको जीवनस्तर उकास्ने प्रतिवद्धतामा छौं । त्यसमा व्यवधान उत्पन्न गराउने प्रयास भैरहेका छन्’, प्रधानमन्त्रीले भने ।

    ‘देश अलमलिएको छैन। युवापंक्ति अलमलिएको छैन। केही मानिसहरूलाई परेको छ अलमल्याएको हो कि भनेर’,उनले भने ‘हामीले अलमल्याउन खोजेको छैन । आफैं अलमलिएका छैनौं ।’ ‘दुई चार जनालाई लागेको होला’, ओलीको भनाइ थियो ।

    उनले देश निर्माणको काममा सरकार लागेको दाबीसमेत गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast