आईतवार, असोज ५, २०७६
    शेयर बजार

    शेयर बजारमा सामान्य सुधार, परिसूचक ०.६१ अंकले बढेर १ हजार २ सय १० अंकमा पुग्यो

    कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, ३१ साउन

    शेयर बजारमा बिहिबार सामान्य अङ्कले वृद्धि भएको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ । 

    कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ । 

    स्टकका अनुसार बिहिबार दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.१ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ । यस्तै व्यापार ३.७१, होटल २७.२५, विकास बैंक २.५३, जलविद्युत् १६.७७, फाइनान्स २.७५, निर्जीवन बीमा २०.७७, अन्य २.६४, माइक्रोफाइनान्स १३.७८ र जीवन बीमा २९.८७ बिन्दुले घटेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast