शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    सामाजिक न्यायका लागि दर्नाल अवार्ड अभियानकर्मी सरस्वतीलाई

    जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले ५ लाख राशिको सो अवार्ड प्रदान गरे

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, ३१ साउन 

    यस वर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ । 

    जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गरे । सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकि छिन् ।

    कार्यक्रममा अभियानकर्मी डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुङ्खे, बर्दियाका दिलीप गन्धर्व र बाजुराका डा रूपचन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast