शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा, मन्त्री ढकालद्वारा विधेयक पेश

    निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौँ, ३१ असार 

    राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । 

    राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । 

    विधेयक पेश

    राष्ट्रियसभाको बिहिबारको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गरेका छन् । 

    बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्र्थापित हुन विधेयकले मद्दत पुर्याउने बताए । बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको थियो । 

    राष्ट्रियसभाको अर्का बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast