शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    सुरक्षा चुनौती: भारतीय प्रधानमन्त्री मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द

    सम्मेलनमा काठमाडौँ आउँदै गरेका मोदीले भारतको सहयोगमा काठमाडौंको पशुपति क्षेत्र गौशालामा निर्मित धर्मशालाको उद्घाटन गर्ने

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौँ, श्रावण ३१ । 

    आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुन गइरहेको बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द भएको जनाइएको छ ।

    चौथो पटक नेपाल आउँदै गरेका मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द हुनुमा सुरक्षा कारण प्रमुख रहेको बुझिएको छ । 

    बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा देशका प्रतिनिधि आउने भएकाले सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनुपर्ने भएकाले यसपटक मोदी त्यसतर्फ नजाने दूतावास श्रोतले जनाएको हो । 

    सम्मेलनको क्रममा मोदीले  विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहनुका साथै उनले बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालको रमणीयस्थल पोखराको भ्रमण गर्ने कार्यक्रम समेत रहेको थियो । 

    सोही अनुरुप नै भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेको बताइएतापनि अन्तिम समयमा आएर मोदीको लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको जनाइएको हो । 

    फाइल तस्विरहरु

    बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा देशका प्रतिनिधि आउने भएकाले सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनुपर्ने भएकाले यसपटक मोदी त्यसतर्फ नजाने दूतावास श्रोतले जनाएको हो । 

    सम्मेलनमा भाग लिन काठमाडौँ आउँदै गरेका मोदीले भारतको सहयोगमा काठमाडौंको पशुपति क्षेत्र गौशालामा निर्मित धर्मशालाको उद्घाटन गर्नेछन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast