सोमबार, कार्तिक ४, २०७६
    शेयर बजार

    दोहोरो अंकले बढ्यो शेयर बजार, २८ अंकले उकालो लागेर १ हजार २ सय ९ अंक कायम !

    कुल १ सय ६५ कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच

    बुधबार, ३० श्रावन २०७५, आहाखबर

    काठमाडौँ, ३० साउन

    बुधबार सेयर बजारको परिसूचक १२ सय नाघेको छ। २८. ७३ अंकले बढेर नेप्से परिसूचक १२०९ अंकमा कायम भएको हो।

    कारोबार रकम समेत यस दिन बढेको छ। कुल १६५ कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेन्सिटिभ परिसूचक ५.९ अंकले बढेको छ।

    लामो समयसम्म घटिरहेको बजार निकै तल आइसकेपछि खरिदकर्ताको चाप बढेको हो। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले गत आवको आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहेकाले पनि बजारमा वृद्धि देखिएको लगानीकर्ताको भनाइ छ।

    त्यस्तै सरकारले बनाउने पेन्सन कोषको रकम समेत सेयर बजारमा लगानी हुन सक्ने लगानीकर्ताको अनुमानले बजारलाई टेवा पुगेको हो।

    सबै समूहहरु यस दिन बढेका छन्। बैंकिङ २४, होटल २९, विकास बैंक ३६, जलविद्युत ३४, फायनान्स ९, निर्जीवन बिमा २०५, उत्पादन ३९, अन्य १४, माइक्रोफाइनान्स ३५ तथा जीवन बिमा समूह १२९ अंकले बढेको छ।

    कारोबारका आधारमा नविल बैंक अग्रस्थानमा रह्यो। उसको १ करोड ६४ लाखको कारोबार हुँदा मूल्य बढेर प्रतिकित्ता ९३५ कायम भएको छ।

    प्राइम कमर्सियल बैंक संस्थापकतर्फको १ करोड ६० लाखको कारोबार भयो। नाफा कमाउनेमा स्वरोजगार लघुवित्तका लगानीकर्ता अग्रस्थानमा रहे।

    सो कम्पनीको मुल्य ९ प्रतिशतले बढ्योा। हिमालय डिस्टिलरी र तारागाउँ रिजेन्सीको मूल्य ७ प्रतिशत बढीले बढ्यो। ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast