सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    थप हौसला !

    नेपाली खेलाडीहरु सन्दिप, सोमपाल र ज्ञानेन्द्र आइसीसीको बरियतामा

    नेदरल्याण्डसँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश, नेपालले टिम वरियतामा स्थान पाउन अझै २ खेल खेल्नुपर्ने

    मंगलवार, २९ श्रावन २०७५, आहाखबर

    काठमाडौं, श्रावण २९ । 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपालका तीन खेलाडीलाई समेत समावेश गर्दै नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ ।

    आईसीसीले हालै सार्वजनिक गरेको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पर्न सफल भएका छन्

    नेपालले केही अघि नेदरल्याण्डसँग २ वटा ओडिआई खेलेको आधारमा आइसीसीले सन्दिप, सोमपाल र ज्ञानेन्द्रलाई एकदिवसीय वरियतामा समावेश गरेको हो ।

    उक्त खेलमा ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २ सय १७औं स्थानमा परेका छन् भने समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २ सय २९ औं स्थानमा परेका छन् । त्यस्तै, २ खेलमा एक अर्धसतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २ सय ३६ औं स्थानमा समावेश छन् । 

    नेदरल्याण्ड्ससँग दुई वटा मात्रै एकदिवसीय खेल खेलेको नेपालले टिम वरियतामा स्थान पाउन अझै दुई खेल खेल्नुपर्छ । 


    त्यस्तै, केहीअघि आइसिसिले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भैसकेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast