मंगलवार, भाद्र ३१, २०७६
    शेयर बजार

    दोहोरो अंकले बढ्यो शेयर बजार, नेप्से १० अंकले बढेर १ हजार १ सय ७४ अंकमा आइपुग्यो

    अघिल्लो दिन २५ करोडको सेयर किनबेच भएकोमा यस दिन १६ करोड ९६ लाख रुपैयाँमा सीमित

    सोमबार, २८ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, २८ साउन 

    अघिल्लो दिन १६ अंकले ओर्लिएको नेप्से परिसूचक सोमबार भने १० अंकले बढेको छ। १०. ४३ अंकले बढेको नेप्से ११७४ अंकमा कायम भएको छ।

    परिसूचक बढे पनि कारोबार भने घटेको छ। अघिल्लो दिन २५ करोडको सेयर किनबेच भएकोमा यस दिन १६ करोड ९६ लाख रुपैयाँमा सीमित भयो।

    यस दिन होटलबाहेकका सबै समूह बढेका छन्। सो समूह २.५ अंकले रातो रह्यो।

    बैंकिङ ७, विकास बैंक १६, जलविद्युत ३, फाइनान्स २, निर्जीवन बीमा समूह ७५, उत्पादन ४, अन्य ६, माइक्रोफाइनान्स १५ र निर्जीवन बिमा समूह ११० अंकले बढेका छन्।

    कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १ करोड २० लाखको सेयर किनबेच भयो। अरु कुनै पनि कम्पनीको कारोबारले १ करोड छुन सकेन।

    यस दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले ९ प्रतिशत कमाए भने सपोर्ट माइक्रोफाइनान्सकाले १० प्रतिशत गुमाए। मल्टिपर्पोज फाइनान्सको मूल्य ९ प्रतिशतले घट्यो।

    यसैबीच ग्लोबल आइएमई बैंकले कृष्णप्रसाद शर्मालाई संचालकमा नियुक्त गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast