सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप फुटबल आजदेखि

    नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन्

    सोमबार, २८ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, २८ साउन 

    चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता सोमबारदेखि शुरु हुँदैछ । 

    प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ । 

    प्रतियोगिता एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता आगामी भदौ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल कलाकार भेट्रान र सजनस्मृति तथा दोस्रो खेल बनेपा र तुसालबीच हुनेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast