मंगलवार, भाद्र ३१, २०७६
    शेयर बजार

    सामान्य अंकले घट्यो शेयर बजार, ७ अंकले ओरालो लागेर १ हजार १८० अंकमा कायम !

    आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार बिहिबार भने करिब सात अंकले ओरालो लागेको हो

    बिहिवार, २४ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, २४ साउन 

    शेयर बजार बिहिबार पनि ओरालो लागेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ । 

    आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार बिहिबार भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार बिहिबार कूल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ । 

    व्यापार उपसमूहको मात्रै बिहिबार शेयर बढेको छ । सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ । अन्य उपसमूहको शेयर भने बिहिबार घटेका छन् । बैंकिङ ३.३७, होटल ३१.५२, विकास बैंक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बीमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बीमा समूहको १०२.८३ बिन्दुले घटेको छ । 

    आरम्भ माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले बिहिबार कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast