शुक्रबार, आषाढ २६, २०७७
    खेल संसार

    एशियाली खेलकूद : मैत्रीपूर्ण खेलमा आत्मघाती गोलले नेपाल पराजित

    थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भयो

    बुधबार, २३ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, २३ साउन 

    थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । 

    मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो । 

    नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू–२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast