मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    भारतद्वारा नेपाली यु १९ टोलीलाई क्रिकेट सिरिज खेल्न निम्तो

    नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्

    मंगलवार, २२ श्रावन २०७५, आहाखबर
    फाईल फाटो

    काठमाडौं, २२ साउन 

    नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने आमन्त्रण पाएको छ ।

    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

    युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो ।
    भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।

    यस्तै सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast