मंगलवार, भाद्र ३१, २०७६
    शेयर बजार

    सामान्य अंकले घट्यो शेयर बजार : ०.२१ अंकले घटेर १ हजार १९० अंकमा आइपुग्यो

    ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ

    सोमबार, २१ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, २१ साउन 

    शेयर बजारमा सोमबार पनि सामान्य कमी आएको छ । 

    आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ । 

    कूल १४८ कम्पनीको सात लाख ९६ हजार ७३४ कित्ता शेयर रु १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको शेयर ६.३६ बिन्दुले बढेको छ । 

    यस्तै होटल ६.०३, विकास बेंक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बीमा समूहको शेयर १६.७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले सोमबार कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast