बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    पोखरा–बागलुङ सडक खण्डमा बस दुर्घटनामा १६ घाइते, बसचालक प्रहरीको नियन्त्रणमा

    पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन्

    सोमबार, २१ श्रावन २०७५, आहाखबर

    पर्वत, २१ साउन 

    मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा सोमबार बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ भने अन्य घाइतेको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast