सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्कियो

    पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक जित हात पार्यो

    सोमबार, २१ श्रावन २०७५, आहाखबर

    काठमाडौं, २१ साउन

    ऐतिहासिक एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।

    स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे । 

    नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक जित हात पारेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast