आईतवार, असोज ५, २०७६
    शेयर बजार

    शेयर बजारमा सामान्य गिरावट, १.४३ अंकले घटेर १ हजार १९० अंकमा पुग्यो

    कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ

    आईतवार, २० श्रावन २०७५, आहाखबर

    काठमाडौँ, २० साउन 

    शेयर बजारमा आईतबार सामान्य गिरावट भएको छ । 

    नेपाल स्टक एक्सचेञ्जकाअनुसार आईतबार शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ । 

    कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आईतबार पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ । 

    यस्तै होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बीमा ३.६४ विन्दुले बढेको छ । आईतबार सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast