सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    भरतपुरमा भ्यान दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते, चालक फरार

    घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको जानकारी

    आईतवार, २० श्रावन २०७५, आहाखबर

    चितवन, २० साउन 

    भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आईतबार मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ । गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को ‘म्याजिक भ्यान’ अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast