सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    नारायणगढ–मुग्लिन अवरुद्ध सडक खुल्यो, यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य

    गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आईतबार बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको हो

    आईतवार, २० श्रावन २०७५, आहाखबर

    चितवन, २० साउन 

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आईतबार बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

    सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast