मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    पहिलो जीत

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : नेदरल्याण्डमाथि नेपालको सनसनीपूर्ण जीत, सोमपालको सर्वाधिक रन

    कुल २ सय १७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २ सय १५ रनमै अड्कियो

    शनिबार, १९ श्रावन २०७५, आहाखबर

    काठमाडौ, साउन १९ । 

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले आफ्नो पहिलो जीत दर्ता गराएको छ । शुक्रबार अबेर रातीसम्म भएको निकै नै रोमाञ्चक खेलमा नेपालले नेदरल्याडमाथि १ रनको जीत निकालेको हो । 

    शुक्रबार दोस्रो अन्तर्रा्ष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । कुल २ सय १७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २यस १५ रनमै चित्त बुझाउनु पर्यो ।

    नेपालका लागि सन्दिप लामिछाने सर्वाधिक ३ रन, ललित भण्डारीले २, सोमपाल कामी, कप्तान पारस खड्का, वसन्त रेग्मी र दिपेन्द्रसिंह एैरीले समान एक/एक विकेट लिन सफल भए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै कुल २ सय १६ रनको योगफल बनाएको थियो ।

    सोमपाल कामीको सर्वाधिक रन 

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाएका छन् । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेर सबैलाई चकित पारे । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गर्दै कुल ५१ रन बनाए । 

    त्यस्तै, सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्लले १३, सन्दीप लामिछाने ८, अनिलकुमार साहले ४, ललित भण्डारीले चार, रोहितकुमार पौडेल ६ तथा वसन्त रेग्मीले एक रनमात्र जोडेका थिए ।


    बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुईरदुई विकेट लिए । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । योसँगै २ खेलको सिरिज १र१ को बराबरीमा सकिएको छ ।

    सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast