सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    नेपाल २ सय १६ रनमा अलआउट, नेदरल्यान्ड्सलाई २ सय १७ रनको विजयी लक्ष्य

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए, टस जितेर ब्याटिङ् रोजेको नेपालको ब्याटिंग मध्यम !

    शुक्रबार, १८ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, १८ साउन

    नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेल आज नेदरल्यान्ड्ससंग जारी छ । शुक्रबार नेदरल्यान्ड्सको एम्स्टिलभिनस्थित भीआरए मैदानमा नेपालले विश्व क्रिकेटको अब्बल टोलीहरूले खेल्ने स्तरमा खेल्दै छ । टस जितेर नेपालले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरूद्ध ब्याटिंग गरेको थियो ।

    नेदरल्याण्डस्‌कै घरेलु मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले नेदरल्यान्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको  छ । 

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए साथै नेपालका लागि कप्तान पारस खड्काले व्यक्तिगत ५१ रन बनाए।

    कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।

    आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

    शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन ।

    पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

    २९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे ।

    ३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

    एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आˆनो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए ।
    आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।

    नेदरल्याण्ड्सका क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक/एक विकेट लिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast