सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    नेपालको सातौं विकेट झर्यो, आरिफ शेख व्यक्तिगत १६ रन बनाएर आउट

    पहिलो खेलमा मजबुत सुरुवात गरेर पनि ५५ रनको हार ब्यहोरेको नेपालले आज टिममा ३ खेलाडी परिवर्तन गरेको छ

    शुक्रबार, १८ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, १८ साउन 

    नेदरल्याण्ड विरुद्धको दोस्रो एकदिवसिय खेलमा नेपालले खराव सुरुवात गरेको छ । पहिलो खेलमा मजबुत सुरुवात गरेर पनि ५५ रनको हार ब्यहोरेको नेपालले आज टिममा ३ खेलाडी परिवर्तन गरेको थियो ।

    नेदरल्याण्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिग गरेको नेपालले २९ रन हुदा पहिलो विकेट खेर फाल्यो । पहिलो खेलमा अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्ल मात्र १३ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका युवा खेलाडी अनिलकुमार शाह पनि धेरै बेर क्रिजमा टिक्न सकेनन ।

    पहिलो बलमा नै चौका प्रहार गरेका अनिलले मात्र ४ रन बनाए । त्यसपछि नेपालको स्कोर ४७ रन तेस्रो विकेट झर्यो । एकदिवसिय खेलमा डेब्यु गरेका सुवास खकुरेल १९ रनमा आउट भए ।

    एकपछि अर्को विकेट गुमाएको नेपाललको स्कोर ७२ रन हुदा चौथो विकेट झर्यो । कप्तान पारस खड्कासँग राम्रो साझेदारी गरिरहेका दिपेन्द्रसिंह ऐरी १९ रनमा रनआउट हुँदै पेभेलियन फर्किए । उनले १७ बलमा ३ चौका प्रहार गरेका थिए ।

    नेपालका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन । नेपालको स्कोर ८८ रन हुँदा पाँचौ विकेट खेर गयो । नेपालका रोहित पौडेल मात्र ६ रनमा आउट भए । जसका कारण नेपालको ब्याटिग धरापमा पर्यो । त्यसपछि समालिने कोशिश गरेको नेपालको पारी पारस आउट भए संगै फेरी धरापमा परेको छ । नेपालको सातौं विकेटको रुपमा आरिफ शेख व्यक्तिगत १६ रन बनाएर क्याच आउट भए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast