आईतवार, असोज ५, २०७६
    शेयर बजार

    शेयर बजारमा सामान्य गिरावट, २ अंकले घटेर १ हजार १ सय ९१ अंकमा पुग्यो

    स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ

    बिहिवार, १७ श्रावन २०७५, आहाखबर

    काठमाडौँ, १७ साउन

    शेयर बजारमा बिहिबार सामान्य गिरावट आएको छ ।

    शेयर बजार मापक नेप्से परिसूचक बिहिबार २.५६ बिन्दुले घटेर एक हजार १ सय ९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २ सय ५१.१५ बिन्दुमा पुगेको छ ।

    स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।

    बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ बिन्दुले बढ्दा होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत् १.५६, वित्त १.९६, निर्जीवन बीमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०ं७२, बीमा २६.०६ बिन्दुले घटेको छ ।

    यस्तै स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ । बैंकले रु ३१७.३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु ३९१.७ कायम भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast