शुक्रबार, कार्तिक २९, २०७६
    बिदेश

    पाकिस्तानका चर्चित क्रिकेटर तथा नेता इमरान खानको सपथग्रहणमा भारतका आमिर खान

    मंगलबार मात्रै पीटीआई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्क देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेको अन्तराष्ट्रिय समाचार स्रोतको उल्लेख

    बिहिवार, १७ श्रावन २०७५, आहाखबर

    एजेन्सी, १७ साउन

    बलिउड स्टार आमिर खान, पूर्व भारतीय क्रिकेट कप्तान सुनिल गावस्कर, कपिल देव तथा नवोजित सिंह सिद्धुलाई पूर्व क्रिकेटर तथा पाकिस्तान (तहरिक) ए-इन्साफ(पीटीआई) का नेता इमरान खानले प्रधानमन्त्री पदको सपथग्रहणमा सहभागीता जनाउन निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्री पदको सपथग्रहण अगस्ट ११ मा हुने भएको छ । हालै सम्पन्न निर्वाचनमा पीटीआई ११६ सिटका साथ सबैभन्दा ठूलो दल बनेपछि उससले स्वतन्त्र सांसद र साना दललाई मिलाएर सरकार बनाउने तयारी गरीरहेको छ ।

    सपथग्रहणका लागि इमरानले निम्तो पठाएपछि पूर्व क्रिकेटर तथा पञ्जाबका मन्त्रीसमेत रहेका सिद्धुले यो निकै ठूलो सम्मानको कुरा भएको आँफुहरु उक्त समारोहमा सहभागी हुने प्रतिक्रिया जनाएका छन् । मंगलबार मात्रै पीटीआई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्क देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेको अन्तराष्ट्रिय समाचार स्रोतले उल्लेख गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast