बुधबार, कार्तिक २७, २०७६
    बिदेश

    भूउपग्रहबाट खिचिएका तस्वीरमा नयाँ तथ्य सार्वजनिक : उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

    "प्योङयाङ नजिकैको सानुमदोङमा क्षेप्यास्त्र निर्माणको काम भइरहेको देखिएको छ र यसबाट अमेरिकासम्म प्रहार गर्न सकिन्छ"

    बुधबार, १६ श्रावन २०७५, आहाखबर

    वासिङटन, १६ साउन :

    उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तामा आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो । तर प्योङयाङले सम्झौता विपरीत कम्तीमा एक वा दुई ओटा तरल–इन्धनयुक्त अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको देखिएको छ ।

    अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तामा आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो । तर प्योङयाङले सम्झौता विपरीत कम्तीमा एक वा दुई ओटा तरल–इन्धनयुक्त अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको देखिएको छ । 

    गुप्तचर निकायका अधिकारीहरुले नाम नखुलाउने शर्तमा भने – प्योङयाङ नजिकैको सानुमदोङमा क्षेप्यास्त्र निर्माणको काम भइरहेको देखिएको छ र यसबाट अमेरिकासम्म प्रहार गर्न सकिन्छ । 

    गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले “अबका दिनहरुमा प्योङयाङबाट आणविक खतरा रहेन” भन्दै आफ्नो कुटनीतिक सफलताको प्रचार गरेका थिए । तर कीमले मुलुकको आणविक र क्षेप्यास्त्र कार्यक्रम रद्द गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिएनन् । 

    “हामीले काम भइरहेको देखेका छौं, विगतमा झैं,” गुप्तचर निकायका एक अधिकारीले अखबारलाई बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast