बिहिवार, मंसिर २६, २०७६
    घुमघाम

    विश्वको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा पुग्न फराकिलो पदमार्ग निर्माण

    ढुंगाको सिँढी चिरेर बनाइएको २ मिटर फराकिलो पदमार्गमा खच्चरसमेत सजिलै आवतजावत गर्न सक्ने, ७ दिनमा यात्रा गर्न सकिने

    सोमबार, १४ श्रावन २०७५, आहाखबर

    म्याग्दी, १४ साउन :

    संसारको सातौं अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । 

    पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । 

    ढुंगाको सिँढी चिरेर बनाइएको दुई मिटर फराकिलो पदमार्गमा खच्चरसमेत आवतजावत गर्न सक्छन् । भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको निर्माण भइसकेको छ । 

    विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य धु्रवकुमार पाइजाले जानकारी दिए । चिमखोलाका ४८ मजदूरले २७ दिनसम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । 

    थप ५० मिटर पहाड काट्ने र दुई किलोमिटर भिरमा पदमार्ग बनाएपछि धौलागिरि पहिलो हिमालको आधार शिविरमा सहजै पुग्न सकिने पाइजाले बताए । यसअघि सोसलधाराको कोशेभिरदेखि कालीबराहको दोभान र सोसलधारादेखि कोशेभिरसम्म दुई चरणमा पदमार्ग निर्माण गरिएको थियो । 

    विभागले धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि पछिल्लो तीन वर्षयता रु दश/दश लाख बजेट उपलब्ध गराएको छ । सडकका कारण विस्थापित भएको बेनी–जोमसोम पदमार्गको विकल्पमा ट्रेकिङ व्यवसायी एशोसिएशन अफ नेपाल (टान)को पहलमा सात वर्षअघि पदमार्ग पहिचान भएको थियो । 

    ढुंगाको सिँढी चिरेर बनाइएको दुई मिटर फराकिलो पदमार्गमा खच्चरसमेत आवतजावत गर्न सक्छन् । भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको निर्माण भइसकेको छ । 

    त्यस्तै कालीबराहको दोभानबाट कालीबराह ताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटो बाटोलाई स्तरोन्नति गरे पछि क्याम्पिङ गर्ने पर्यटक भ्रमणमा जान सक्ने छन् । पदमार्ग, आवासका लागि पूर्वाधार, नक्सांकन र प्रचारप्रसार गरी सञ्चालनमा ल्याउन पहल गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए । 

    सात दिनमा यात्रा गर्न सकिने पदमार्गमा रहेका अग्ला पहाडबाट हिमशृंखला धौलागिरि हिमाल निरन्तर खसिरहने हिमपहिरो, झरना, काली बराहताल, लालीगुराँसको जंगल, यार्सागुम्बालगायतका जडीबुटी, जंगली जनावर, चराचुरुङ्गीको विशेष आकर्षण रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast